काठमाडौं – काठमाडौं महानगरका प्रमुख बालेन साहले बाटो मिचेर बनाएका संरचना हटाउन प्रहरीलाई आग्रह गर्नुभएको छ ।
उहाँले फुटपाथ सधैँ मान्छे हिँड्नका लागि प्रयोग हुनुपर्छ भनेर आफूहरूले फुटपाथमा व्यापार गर्न रोकेको भन्दै यो नियम सर्वसाधारणका लागि मात्रै होइन। सबैका लागि हो र हुनुपर्ने बताउनु भएको छ ।
मेयर साहले कानून कार्यान्वयन गर्ने नेपाल प्रहरीले नै बाटो मिचेर आफ्नो संरचना बनाउँछ भने त्यो गलत रहेको बताउँदै त्यो संरचना प्रहरी आफैँले हटाउन आग्रह गर्नु भएकाे हो ।
उहाँले यदि प्रहरी आफैँले नहटाए समतामूलक कानूनको प्रयोगको लागि पनि आफूहरू ती संरचना हटाउन बाध्य हुने जानकारी दिनुभयो ।
उहाँले सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘राजदूतावासलगायत विदेशी नियोगका हकमा पनि हामीले सम्बन्धित मन्त्रालयलाई काम अगाडि बढाइदिन पत्राचार गरिसकेका छौँ। कानून सर्वसाधारण नागरिकका लागि र अरुका लागि अलग्गै हुन्न भन्ने तथ्य स्थापित गर्न हामी तयार हुनु पर्छ। तयार बनौँ।’
प्रहरीले सामाखुसी, जडिबुटी, सिनामंगल तथा बालुवाटारलगायतको क्षेत्रमा बाटो मिचेको उहाँले जिकिर गर्नुभएको छ ।






प्रतिक्रिया