अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विद्यालयले किताब र पोसाक आफूले भनेको स्थानबाट किन्न बाध्य पार्नु निर्देशिका विपरीत : मेयर साह

विद्यालयले किताब र पोसाक आफूले भनेको स्थानबाट किन्न बाध्य पार्नु निर्देशिका विपरीत : मेयर साह


काठमाडौँ-काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले विद्यालयहरूले किताब र पोसाक आफूले भनेकै स्थानबाट किन्न अभिधावकलाई बाध्य पारेको बताउनुभएकाे छ ।  

साहले विद्यालयले किताब र पोसाक बेच्नु संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ विपरीत भएको स्मरण विद्यालयलाई गराउनुभयाे ।

उहाँले सबै विद्यालयहरूलाई निर्देशिकाअनुसार काम गर्नसमेत अनुरोध गर्दै विपरीत गएमा कारबाही गर्ने चेतावनीसमेत दिनुभयाे ।

महानगरको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले गत चैत १७ मै परिपत्र गर्दै किताब विद्यालयले नबेच्न र पोसाक तोकिएकै ठाउँमा किन्न अभिभावकलाई बाध्य नपार्न आग्रह गर्नुभएकाे थियाे ।