अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा एमालेका मन्त्रीद्वारा राजीनामा

कर्णालीमा एमालेका मन्त्रीद्वारा राजीनामा


काठमाडौँ – कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी तीन जना मन्त्रीहरूले राजीनामा दिनु भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले मुख्यमन्त्री राजकुमार शर्मालाई भेटेर सामूहिक राजीनामा बुझाउनु भएको हो ।

गत पुस २७ गते नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादीको समर्थनमा माओवादी संसदीय दलका नेता राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो । त्यसपछि मुख्यमन्त्री शर्माले विश्वासको मत लगिसकेपछि मात्रै सरकारलाई पूर्णता दिनु भएको थियो ।

शर्मालाई पहिलो पटक नेपाली कांग्रेसका १४ सांसद बाहेक अन्य माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र स्वतन्त्र  १/१ गरी २५ संसदले विश्वासको मत दिएका थिए।