अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अमृतपाल खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउँदा हाम्रो सुरक्षा संयन्त्रमाथि अविश्वास भयो: रघुजी पन्त

अमृतपाल खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउँदा हाम्रो सुरक्षा संयन्त्रमाथि अविश्वास भयो: रघुजी पन्त


काठमाडौँ – नेकपा एमालेका सांसद रघुजी पन्तले खालिस्तानी आन्दोलनकारी अमृतपाल सिंह खोज्न भारतीय सुरक्षाकर्मीहरु अनुमति विनै नेपाल आएर खोजिरहेको भन्दै यसले नेपालको सुरक्षा संयन्त्रप्रति अविश्वास पैदा भएको बताउनु भएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले नेपालले कुनै पनि विखडन र आतंककारी गतिविधिलाई नसघाउने भन्दै बाह्य देशका सुरक्षाकर्मीलाई अनुमति विना नेपाल आउन नेपालको कानुनले नदिएको बताउनु भयो।

‘वीरगञ्ज र बाँकेको जमुनाहा नाका भएर भारतीय सुरक्षा संयन्त्रका कर्मचारीहरु नेपाल प्रवेश गरेका छन् र उनीहरु अमृतपाल सिंह खोज्न आएका छन् भन्ने समाचारहरु छापिएका छन्’, उहाँले भन्नुभयो, ‘कुनै पनि बाह्य देशको सुरक्षाकर्मीलाई नेपालको कानुनले नेपालभित्र पसेर त्यसरी खोजबिन गर्ने अधिकार दिएको छैन ।’

उहाँले नेपाल स्वतन्त्र र सार्वभौम देश भएकाले यसले आफ्नो आत्मनिर्णयको अधिकार आफै प्रयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अरु देशबाट भागेर आएका अपराधीलाई पनि नेपालको सुरक्षा संयन्त्रले पक्रेको छ। उदाहरणको लागि चाल्र्स शोभराजलाई लिन सकिन्छ तर हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास हुनेगरी अहिले भारतीय सुरक्षाकर्मी यहाँ आएर यसरी अमृतपाल सिंहलाई खोजिरहेका छन् भने हाम्रो सुरक्षा संयन्त्रप्रति अविश्वास उठ्यो ।’