काठमाडौं – नेकपा एमालेका सांसद ऋषिकेश पाेखरेलले ‘स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ’ भन्दै ब्यङ्ग्य गर्नुभएकाे छ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बाेल्नुहुँदै उहाँले यस्ताे ब्यङ्ग्य गर्नुभएकाे हाे।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरण सार्वजनिक भएपछि उहाँले स्वास्थ्यमन्त्रीको भाउ दुई करोड रहेछ। अरु अरु मालदार मन्त्रीहरुको कति होला ? भन्दै व्यङ्ग्य गर्नुभयाे ।
आफूलाई स्वास्थ्यमन्त्री बन्ने अफर आएको र त्यसको लागि पार्टीलाई २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले दुर्गा प्रसाइँसँग घुस मागेको अडियो आइतबार बाहिरिएको थियाे ।
भ्रष्टाचारकै कारण नेताहरु सामाजिक रुपमै बहिष्करणमा पर्न सक्ने सांसद पोखरेलले भन्नुभयाे।
प्रतिक्रिया