काठमाडौं – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको आठ महीनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। बैंकले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै गत साउनदेखि फागुन महीनासम्मको प्रतिवेदन सार्वजनिक गरेको हो। जसमा मुद्रास्फिति नियन्त्रित र घट्ने दिशामा रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।
‘२०७९ फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.४४ प्रतिशत रहेको छ। प्रतिवेदनमा भनिएको छ, ‘अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ७.१४ प्रतिशत रहेको थियो।’
अघिल्लो वर्षको तुलनामा थोक मूल्य सूचकाङ्क उल्लेख्य रूपमा कम रहेकोले उपभोक्ता मूल्यमा आगामी महिनाहरूमा कम हुने अपेक्षा राष्ट्र बैंकले गरेको छ।
वैदेशिक व्यापारमा आयात, निर्यात र व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको छ। विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ भने अघिल्लो वर्षको तुलनामा चालु खाता घाटामा उल्लेख्य सुधार भएको राष्ट्रबैंकले जनाएको छ।







प्रतिक्रिया