अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोरखाको बलुवा केन्द्रविन्दु भएर भूकम्प

गोरखाको बलुवा केन्द्रविन्दु भएर भूकम्प


गोरखा – गोरखाको बलुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५० मिनेटमा चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसूसस गरिएको थियो। 

यसअघि चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु भएर पाँच दशमलव दुई र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर तीन दशमलव आठ रेक्टर स्केलको भूकम्प गएको थियो। नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।