काठमाडौँ-नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रुपैयाँ ११ पैसा र बिक्री दर १३१ रुपैयाँ ७१ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०९ पैसा र बिक्री दर १४३ रुपैयाँ ७५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १२ पैसा र बिक्री दर १६३ रुपैयाँ ८७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।







प्रतिक्रिया