काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदैछ ।
उद्योगी व्यवसायीहरूको छाता संस्था महासंघको ५७ औँ साधारण सभाले नयाँ नेतृत्वका लागि आज मतदान हुन लागेको हो ।
महासंघको अधिवेशन हिजो उद्घाटन भएको थियो ।
हिजोदेखि सुरु भएको साधारणसभाबाट वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल विधानतः स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि भने आज मतदान हुनेछ ।
वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईको उम्मेदवारी परेको छ ।
साधारण सभाले महासंघको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । जसअनुसार जिल्ला–नगर वाणिज्य, वस्तुगत र एसोसिएटमा एक–एक जना गरी तीन जना उपाध्यक्ष चयन गर्नेछ ।
यसैगरी, वस्तुगत संघबाट १४ जना, उद्योग वाणिज्य संघबाट १८ जना, एसोसिएट कार्यसमितिबाट १९ जना र जिल्लाबाट ७ जना सदस्य केन्द्रीय कार्यसमितिमा आउनेछन् ।







प्रतिक्रिया