अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उद्योग वाणिज्य महासंघको मतदान सुरु, नयाँ कार्यसमिति चयन हुँदै

उद्योग वाणिज्य महासंघको मतदान सुरु, नयाँ कार्यसमिति चयन हुँदै


काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । 

महासंघका प्रतिनिधिहरू प्रज्ञा भवन पुगेर आआफ्ना उम्मेदवारको पक्षमा मत मागिरहेका छन् । हिजोदेखि सुरु भएको साधारणसभबाट वरिष्ठ उपाध्यक्ष  चन्द्र ढकाल विधानतः स्वतः अध्यक्षमा चयन हुनेछन् भने नयाँ वरिष्ठ उपाध्यक्षलगायत सदस्य पदका लागि आज मतदान हुनेछ ।

वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र सांघाईको उम्मेदवारी परेको छ । 

साधारण सभाले महासङ्घको ६४ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ ।