अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 बढ्यो सुनचाँदीको मूल्य

 बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ-आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । 

अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख १० हजार ८ सय रुपैयाँ पुगेको हो । 

यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।