काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अहिलेसम्म जिल्लानगर र वस्तुगत तर्फको उपाध्यक्ष र सदस्यहरुको मत परिणाम सार्वजनिक भएको हो ।
बुधबार भएको निर्वाचनको मत परिणाम सार्वजनिक भइरहेको छ । पछिल्लो समय सार्वजनिक भएको मतपरिणाम अनुसार जिल्लानगर उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलका सुरकृष्ण वैद्य विजयी हुनुभएको छ । त्रिपक्षीय प्रतिस्पर्धामा वैद्य ४३ मत ल्याएर विजयी हुनुभएको हो ।
वस्तुगत उपाध्यक्षमा उमेश प्यानलका हेमराज ढकाल विजयी हुनुभएको छ । उहाँले ६१ मत ल्याएर वियजी हुँदा निकटतम प्रतिस्पर्धी मनिषलाल प्रधानले ५२ मत ल्याउनुभयो । तेस्रो सुकुन्तलाल हिराचनले सात मत ल्याउनुभयो ।







प्रतिक्रिया