काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट सदस्यको मतगणना सकिएको छ । बुधबार भएको निर्वाचनअन्तर्गत एसोसिएट सदस्यको मतगणना सकिएको निर्वाचन समितिले जनाएको हो ।
मतपरिणाम अनुसार एसोसिएट सदस्यमा सबै प्यानलको सहभागिता देखिएको छ । एसोसिएट उपाध्यक्षमा दुईजनामात्र प्रतिस्पर्धी थिए ।
वरिष्ठ उपाध्यक्ष पदका उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्यानलबाट संयुक्त उम्मेदवार भरत आचार्य र संघईको प्यानलबाट ज्योत्सना श्रेष्ठ उम्मेदवार छिन् ।
एसोसियटमा १९ जना सदस्य निर्वाचित भएका छन् । एसोसिएटमा सबैभन्दा बढी भोट रामशरण थपलियाले पाउनुभएको छ । उहाँले १४४० मत ल्याएर विजयी हुनुभएको छ ।
यस्तै मनोज पौडेल, अम्बिका पौडेल, आनन्द बगरिया, सुनिल नारायण श्रेष्ठ, शुशिल थापा, राजेशकुमार अग्रवाल, शैलेन्द्र गुरागाईँ, देशबन्धु बस्नेत, हेमन्त गोल्छा, गोपाल खनाल, अनिवाश बोहरा, उज्वलकुमार श्रेष्ठ, प्रवलजंग पाण्डे, शक्तिकुमार बेगानी, हेमन्त गोल्छा, जुना माथेमा, सन्दीप अग्रवाल र ऋषि अग्रवाल निर्वाचित हुनुभएका छ।
अहिले एसोसिएट उपाध्यक्षको मतगणना जारी छ । त्यसपछि वरिष्ठ उपाध्यक्षको मतगणना हुनेछ ।







प्रतिक्रिया