काठमाडौँ-नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना जारी छ ।
बुधबार भएको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरु भएको हो ।
वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा हुनुहुन्छ ।
अहिलेसम्म २०० मतगणना हुँदा उमेशलालले ८० मतसहित अग्रता बनाउनुभएको छ । यस्तै, संघईले र अञ्जनले ६०/६० मत पाउनुभएको छ ।
जिल्ला नगर, बस्तुगत र एसोसिएटतर्फका उपाध्यक्षहरुको मतगणना सकिएसँगै वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो ।







प्रतिक्रिया