काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले भेटवार्ता गरेका छन् ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहालसँग उनीहरुले भेटवार्ता गरेका हुन् ।
भेटमा बारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया थाल्न दबाब दिएको छ ।
पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्रीको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्ति हुन नसक्दा न्यायपालिकाको साख गिरेको महसुस आफूहरूले गरेको बताउनुभयो ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले संवैधानिक परिषद्का पदाधिकारीहरूसँग समेत परामर्श गरी आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।





प्रतिक्रिया