अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आजदेखि नयाँ शैक्षिक सत्र, भर्ना अभियानमै पाठ्यपुस्तक वितरण

आजदेखि नयाँ शैक्षिक सत्र, भर्ना अभियानमै पाठ्यपुस्तक वितरण


काठमाडौँ-आजदेखि नयाँ शैक्षिक सत्र सुरु भएको छ । 

सरकारले आजदेखि देशभर एकै साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना अभियान चलाउने भएको हो । भर्ना अभियान वैशाख १५ गतेसम्म सञ्चालन गरिन्छ । 

यस्तै शिक्षा मन्त्रालयले नयाँ शैक्षिक सत्रमा भर्ना अभियानकै क्रममा विद्यार्थीका हातहातमै पाठ्यपुस्तक पुर्याउने जनाएको छ । 

विगतमा समयमै विद्यार्थीका हातमा पाठ्यपुस्तक उपलब्ध हुँदैन थियो । यस पटक विद्यार्थीलाई भर्ना भएकै दिन नयाँ पाठ्यपुस्तक दिने शिक्षा मन्त्रालयको तयारी छ । 

यस वर्ष कक्षा ५, ८ र १० का नयाँ पाठ्यक्रमअनुसारका पाठ्यपुस्तक छापिएका छन् । कक्षा १–५ का पाठ्यपुस्तक छपाइको जिम्मा निजी क्षेत्रले र कक्षा ६–१० का पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रले छापेको छ ।  

केन्द्रका अनुसार शनिबारसम्ममा ५६ वटा जिल्लामा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी २१ जिल्ला तराईका छन् । तराईका जिल्लामा पाठ्यपुस्तक पु¥याउन सजिलो हुने भएकाले हिमाली र पहाडी जिल्लालाई पहिलो प्राथमिकतामा राखेर पाठ्यपुस्तक वितरण गरिएको हो ।  

मुलुकभर पाठ्यपुस्तक वितरण गर्न केन्द्रले एक हजार २६७ वटा स्थानीय बिक्रेता तोकेको छ ।