अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डढेलोले बढ्यो वायु प्रदूषण, काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर

डढेलोले बढ्यो वायु प्रदूषण, काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर


काठमाडौँ-डढेलोका घटनाहरू वृद्धि भएसँगै देशभर वायु प्रदूषण बढेको छ । राजधानी काठमाडौँमा वायु प्रदूषण सबैभन्दा उच्च रहेको छ । 

विश्वभरका सहरहरूको वायु प्रदूषणको तथ्याङ्क राख्ने आईक्यू एयरका अनुसार आज बिहानैदेखि काठमाडौँको हावाको स्तर अस्वस्थ रहेको छ । बिहान ९ः३० बजेको तथ्याङ्क अनुसार काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर रहेको छ । 

नेपालभन्दा अघि थाइल्याण्डको चियाङ माई सहरमात्र रहेको छ । प्रदूषण बढेसँगै जल तथा मौसम विज्ञान विभागले डढेलो र प्रदूषणबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।