अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सांसद पन्तले संसदमा सुनाउनुभयो प्रधानमन्त्री हराएको सूचना

एमाले सांसद पन्तले संसदमा सुनाउनुभयो प्रधानमन्त्री हराएको सूचना


काठमाडौं – नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको सूचना सुनाउनु भएको छ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा उहाँले यस्तो सूचना सुनाउनु भएको हो।

यस्तो छ उनले सुनाएको सूचना–

‘नागरिकताको नाम : श्री पुष्पकमल दाहाल
चलन चल्तीको नाम : प्रचण्ड
स्थायी ठेगाना : फेरिराख्ने
अस्थायी ठेगाना : कहिले खुमलटार, कहिले बालुवाटार ।
हुलिया : पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरासुरुवाल र टोपी लगाउने, उमेर ६५ नाघेको ७० नपुगेको जस्तो देखिने । उहाँ केही दिनअघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नुहुने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला । उहाँ अन्तिम पटक देखिएको स्थान बालुवाटारको छेउछाऊ ।’

उहाँले अन्तिम पटक बालुवाटार छेउछाउ देखिएको भन्दै व्यंग्य गर्नुभयो।  उहाँले भन्ननुभयो, ‘उहाँ केही दिनअघि प्रतिनिधि सभाको बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकोले उहाँलाई फेला पार्ने व्यक्तिले संसद भवन नयाँ बानेश्वरमा बुझाइदिनु होला। उहाँ अन्तिम पटक देखिएको साल बालुवाटार छेउछाउ।’