काठमाडौं – नेकपा एमालेका सांसद ठाकुर गैरेले यो व्यवस्था कसले उल्ट्याउन खोजेको हो भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गर्नुभएको छ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नयाँ वर्षमा व्यवस्था उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नयाँ वर्षमा प्रधानमन्त्रीले पार्टी कार्यालयमा गएर यो व्यवस्था संकटमा पर्यो। यो उल्टिन लाग्यो भनेर के सन्देश दिन खोज्नुभएको ? सार्वभौम सदन चलिरहेको बेलामा प्रधानमन्त्रीले यो व्यवस्थामाथि संकट आएको हो भने सदनमा आउनुपर्यो, सदनलाई जानकारी गराउनुपर्यो। सदन सूचित हुनुपर्यो। कसले यो व्यवस्था उल्ट्याउन खोजेको छ ?’
‘कसले व्यवस्था उल्ट्याउन खोज्यो, कसको कारणले संकट पैदा भएको हो ?’ सांसद गैरेले व्यवस्थामाथि भएका सबै चुनौती सामना गर्न संसद तयार हुनुपर्ने पनि बताउनु भयो ।
प्रतिक्रिया