काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। केही दिनदेखि भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या देखा परेको थियो ।
अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत भन्नुभएको छ, ‘अहिले म एन्टिबायोटिक औषधि खाएर निवासमै आराम गरिरहेको छु । तनहुँ, चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनमा हाम्रा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागि हुने मेरो इच्छा थियो । तर, अहिले म ती कार्यक्रमहरुमा सहभागी हुन सकिरहेको छैन।’
स्वास्थ्यमा समस्या आएपछि वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका उम्मेदवारहरुको चुनावी अभियानमा सहभागी हुन नसकेको बताउनु भएको छ।
अध्यक्ष ओलीले भन्नुभएको छ, ‘तनहुँ-१ मा सर्वेन्द्र खनाल, चितवन-२ मा राम न्यौपाने र बारा-२ मा पुरुषोत्तम पौडेललाई हामीले उम्मेदवार बनाएका छौं । तपाईंहरुको प्रतिनिधित्वका लागि उहाँहरु योग्य उम्मेदवार हुनुहुन्छ। उहाँहरुलाई विजय गराउनुहुन तनहुँ-१, चितवन-२ र बारा-२ का आम मतदाताहरु समक्ष म विनम्र आग्रह गर्दछु ।’
स्वास्थ्य अवस्था ठीक भएपछि उपयुक्त समयमा सबैलाई भेट्न आउने बताउँदै तीनैजना उम्मेदवाारहरुलाई विजयको शुभकामना दिनु भयो ।
प्रतिक्रिया