चितवन-राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको घरको छतबाट खसेर उनका चालक गम्भीर घाइते भएका छन् ।
भरतपुर–११ स्थित लामिछानेको घरबाट बिहान ४ बजेतिर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ घर भएका शम्भु भन्ने दिलबहादुर थापा गम्भीर घाइते भएका हुन् ।
थापाको खुट्टामा र टाउको चोट लागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





प्रतिक्रिया