अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लुम्बिनीका मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिने

लुम्बिनीका मुख्यमन्त्री गिरीले पुनः विश्वासको मत लिने


काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले दोस्रोपटक विश्वासको मत लिने हुनुभएकाे छ।

मुख्यमन्त्री गिरीले ११ वैशाखमा विश्वासको मत लिने तयारी गर्नुभएकाे हाे। लुम्बिनी प्रदेश सभाको बैठक ११ गते बिहान ११ बजे आयोजना गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिनुभयाे।

गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका गिरीले माघ ५ गते पहिलोपटक विश्वासको मत लिनुभएकाे थियाे। ‍

राष्ट्रपतिको चुनावसँगै केन्द्रमा बदलिएको सत्ता समीकरण अनुसार माओवादी केन्द्रलगायतका दलले चैत १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गिरीले पुनः विश्वासको मत लिन लाग्नुभएकाे हाे। 

लुम्बिनीमा नेपाली कांग्रेस, माओवादी केन्द्रसहित प्रदेश सभाका १० दलमध्ये ८ दल र एक जना स्वतन्त्र समेत गरी ५३ सांसदले कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् ।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत आवश्यक पर्छ । हाल एमालेका २९ र राप्रपाका ४ सांसदको मात्रै सरकारलाई समर्थन छ ।

यदि, विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले संविधानको धारा १६८(३) अनुसार सरकारको नेतृत्व दाबी गर्ने तयारी एमालेको छ ।