अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले मिसन ग्रासरुट: कर्णाली प्रदेशस्तरीय समीक्षा सुरु

एमाले मिसन ग्रासरुट: कर्णाली प्रदेशस्तरीय समीक्षा सुरु


सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेको संगठन सुदृढीकरण तथा विस्तार (मिसन ग्रासरूट) अभियानको कर्णाली प्रदेशस्तरीय समीक्षा बैठक आजदेखि सुरू भएको छ।

सोमबारबाट सुरु भएको एमाले कर्णाली प्रदेश संगठन कमिटीको संयोजन रहेको समिक्षा बैठक भोलिसम्म चल्ने छ । बैठकमा कर्णालीका दशवटै जिल्लामा खटिएका केन्द्रिय प्रतिनिधिहरू र जिल्ला अध्यक्षले रिपोर्टिङ गर्ने नेकपा एमाले कर्णाली प्रदेश संगठन कमिटी सुर्खेतल जानकारी दिएको छ।

बैठकमा नेकपा एमालेका उपाध्यक्ष सुवास नेवाङ, महासचिव शंकर पोख्रेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई, स्थायी कमिटि सदस्यहरु यामलाल कंडेल, गोरखबहादुर बोगटी, विन्दा पाण्डे र शिवमाया तुम्बाहाम्फेको उपस्थिति रहेको छ।

केन्द्रीय र जिल्ला प्रतिनिधिहरुले रिपोर्टिङ गरिसकेपछि केन्द्रीय नेताहरुले आफ्नो धारणा राख्नेछन् । एमालेले संगठन सुदृढीकरणका लागि  मंगलबारसम्म मिशन ग्रासरुट अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत केन्द्रीय सदस्यहरुलाई गाउँपालिका तथा नगरपालिकामा खटाएको थियो ।