अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोरम्बा शैलुङ गाउँपालिकामा विकृतिः मृतकलाई पनि भत्ता वितरण

दोरम्बा शैलुङ गाउँपालिकामा विकृतिः मृतकलाई पनि भत्ता वितरण


रामेछाप – रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले मृत्यु भइसकेका ज्येष्ठ नागकिलाई पनि सामाजिक सुरक्षा भत्ता दिएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले भर्खरै सार्वजनिक गरेको लेखा परीक्षणको प्रतवेदनमा उक्त गाउँपालिकाका कतिपय वडाले मृत्यु भएका ज्येष्ठ नागरिकलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको कुराको तथ्य खुलेको हो। 

कानूनतः सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा वा त्यस्तो व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउन योग्य नभएमा निजको नाम सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको अभिलेखबाट हटाउनुपर्ने उल्लेख गरिएको छ।

महालेखा परीक्षकले लेखापरीक्षणका क्रममा वडा नम्बर ३ र वडा नम्बर ७ को मृत्यु दर्ताको अभिलेख र वडा नम्बर २ को लगत कट्टाको अभिलेख परीक्षण गर्दा मृत्यु भइसकेका लाभग्राहीको नाममा मृत्युपछि पनि निजको परिवारका सदस्यले सामाजिक सुरक्षा भत्ता नियमितरूपमा बुझ्दै आएको पाइएपछि उक्त घटना बाहिरिएको हो।

उक्त विवरणका आधारमा महालेखा परीक्षकको कार्यालयले मरेको मितिभन्दा पछि कसैलाई पनि सामाजिक भत्ता दिन नमिल्ने भएकाले सम्बन्धित पक्षसँग उक्त रकम असुल उपर गरी सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने कुरा पनि उल्लेख गरेको छ।