अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको वर्तमान परिवेशविपरीत जग्गाको कित्ताकाट खोलियो: सांसद सुब्बा

देशको वर्तमान परिवेशविपरीत जग्गाको कित्ताकाट खोलियो: सांसद सुब्बा


काठमाडौं – नेकपा एमाले सांसद सरस्वती सुब्बाले सरकारले गरेको जग्गा कित्ताकाट खुल्ला गर्ने निर्णयको प्रतिनिधि सभा बैठकमा विरोध जनाउनु भएको छ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै प्रतिनिधिसभा सदस्य सुब्बाले मन्त्रिपरिषद्ले भू–उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्नु दुःखद् भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हिजो बसेको मन्त्रिपरिषदको बैठकले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्ने समाचार सुन्दा दुःख लाग्यो । नेपाल खाद्य संकटको मारमा छ। जलवायू परिवर्तनको उच्च जोखिममा छ। मौलिक हक अन्तर्गत रहेका खाद्य सम्प्रभूता,  सुरक्षित आवास लगायत सम्पूर्ण व्यवस्था कार्यान्वयन हुन सकेको छैन । विश्व परिवेशलाई हेर्दा सन् १९९६ मा पहिलो खाद्य सम्मेलन हुँदा ८० करोड जनता खाद्य जोखिममा थिए । अहिले यो संख्या बढेर २ अर्ब ३० करोड पुगेको छ ।’

उहाँले पुरानै अवस्थाबाट जग्गाको कित्ताकाट गर्नु वर्तमान परिवेशविपरीत भएको बताउनु भयो। यसले कृषिभूमि समाप्त पार्ने बाटो खोल्ने उहाँको तर्क छ। उहाँले जमिनको दलालीकरण बढाउने पनि उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेशविपरीत छ। यसले जमिनको खण्डीकरण बढाउँछ। कृषि भूमि समाप्त पार्ने बाटो खोल्छु । प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ। जमिन दलालीकरण बढाउँछ। त्यसैले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

उहाँले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।