अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महोत्तरीमा बस र मोटरसाइकल आपसमा जुध्दा तीन जनाको मृत्यु

महोत्तरीमा बस र मोटरसाइकल आपसमा जुध्दा तीन जनाको मृत्यु


बर्दिबास – महोत्तरीको माइस्थान समसी सडकखण्डस्थित रामनगरको जंगलमा बुधवार अपरान्ह भएको सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्युभएको छ। 

मृत्यु हुनेमा सिरहा कल्याणपुर नगरपालिकाका २६ वर्षीय अमृत मण्डल, उहाँकी २४ वर्षीया श्रीमती अञ्जु मण्डल र ६ वर्षीया भतिजी अंशु मण्डल रहेको गौशाला प्रहरीले जनाएको छ। 

अमृत र अंशुको बर्दिबासस्थित शुभ स्वस्तिक असपताल तथा अञ्जुको ट्रमा सेन्टरमा मृत्यु भएको हो । शुभ स्वस्तिक अस्पतालका जनसम्पर्क अधिकृत दीपेन्द्र ढकालका अनुसार गम्भीर अवस्थाका उहाँहरुको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीको भनाइ छ । 

समसीबाट यात्रु बोकेर जनकपुरतर्फ जाँदैगरेको बा ३ ख २३९६ नम्बरको जय मातादी ट्राभल्सले विपरित दिशातर्फ जाँदैगरेको मधेश प्रदेश ०१–००४ प ६८१९ नम्बरको मोटरसाइकललाई जंगली क्षेत्रमा पर्ने रेल्वे पुलनजिकको मोडमा आज अपरान्ह १ बजेतिर ठक्कर दिएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा तीनै जना मोटरसाइकलमा सवार थिए । 

दुर्घटनाका कारण अझ खुल्न सकेको छैन । दुर्घटना गराउने वसलाई प्रहरीले इलाका प्रहरी गौशालाले नियंत्रणमा लिएको छ । चालक फरार रहेको प्रहरीले जनाएको छ । चालकको खोजी भइरहेको  प्रहरी निरीक्षक मनोज यादवले बताउनुभयो ।