अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद दीपक सिंहको प्रश्न- यो देशमा प्रधानमन्त्री छ कि छैन ?

सांसद दीपक सिंहको प्रश्न- यो देशमा प्रधानमन्त्री छ कि छैन ?


काठमाडौं – प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसद्प्रति उत्तरदायी नभएको भन्दै आलोचना गर्नुभएको छ।

उहाँले प्रधानमन्त्रीलाई संसद्प्रति उरदायी हुन आग्रह गर्नुभयो । बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सिंहले भन्नुभयो, ‘यो देशमा प्रधानमन्त्री छ कि छैन ? आज पनि हाम्रो प्रधानमन्त्री लापता हुनुभएको महसूस भएको छ।’

सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपीहरूलाई कारबाही नगरेको भन्दै आपत्ति प्रकट गर्नुभयो । आयोगले धेरैजसो मुद्दा तामेलीमा पन्छाउने गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । त्यस्ता मुद्दामा अख्तियारले बयान समेत नलिएको उहाँले बताउनुभयो ।

अख्तियारले ठूला नेताले जे गरे पनि माफी दिने र साना कर्मचारीलाई मात्रै मुद्दा चलाउने गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । योजनाकारहरू एकजना पनि नपर्ने र खर्दार सुब्बाहरू मात्र कारबाहीमा नपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अख्तियारले राजनीतिक प्रभावबाट डराइकन पद जान्छ कि, महाभियोग लाग्छ कि भनेर खुट्टा कमाउनुभएन ।’

उहाँले पार्टीका ठुला नेता कारबाही गर्दा जागिर जाने हो कि भनेर कतिञ्जेल काम्ने ? भन्दै अख्तियारका अधिकारीलाई प्रश्न गर्नुभयो । सिंहले भ्रष्टाचार गर्ने जो कोही भए पनि कारबाही गर्न डराउन नहुने बताउनुभयो ।