अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु‚ ८ घाइते

भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा दुई जनाको मृत्यु‚ ८ घाइते


सुर्खेत – भेरी नदीमा निर्माणाधीन बेलिब्रिज भाँचिदा २ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । जाजरकोट-डोल्पा सडक खण्डअन्तर्गत जाजरकोटको तल्लुबगर र रुकुम पश्चिमको आठबीसकोट जोड्ने निर्माणाधीन बेलिब्रिज भाँचिदा त्यहाँ काम गरिरहेका दुई जना श्रमिकको ज्यान गएको प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

नलगाढ नगरपालिका १२ मा पर्ने उक्त पुल भाँचिएपछि अहिले उद्धारकार्य जारी छ। उक्त समयमा पुलमा हिँडिरहेका तीन जना भेरी नदीमा खसेर बेपत्ता भएका छन् भने अन्य ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका तीन जनालाई हेलिकोप्टरमार्फत उपचारका लागि ल्याउने तयारी भएको रुकुम पश्चिमका प्रहरी प्रमुख नवराज भट्टराईले बताउनु भयो । घाइतेहरूको उपचार स्थानीय स्वास्थ्य संस्थामा उपाचार भइरहेको छ । त्यस्तै बेपत्ताहरूको पनि खोजीकार्य जारी रहेको बताइएको छ ।