अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख


काठमाडौं – भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ। उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले आज सो जानकारी दिनुभएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उहाँ उपचारका लागि बुधबार नयाँ दिल्ली जानुभएको हो ।