दमक- ओम मेची अस्पताल दमकमा सुत्केरीको मृत्यू भएको घटनामाको रिर्पोटिङमा गएका पत्रकारलाई दुर्व्यवहारप्रति पत्रकार महासंघ लगायत सञ्चार सम्बद्ध संघसंस्थाहरुले विरोध गरेका छन् ।
हिजो ओम मेची अस्पतालमा सुत्केरी गराउने क्रममा मृत्यू भएकी दमक १ की रुबी साहका निधनको विषयमा रिर्पोटिङ गर्न गएका दमकका तीनजना पत्रकारलाई दुव्र्यवहार गरेको विषयमा नेपाल पत्रकार महासंघ केन्द्रीय समिती,झापा शाखा,पत्रकार मञ्च दमक लगायतका संस्थाहरुले विरोध गरेका हुन् ।

महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तीमा पत्रकारको समाचार संकलन गर्न पाउने अधिकारलाई कुण्ठित गर्ने प्रहरीको हर्कत स्वतन्त्र पत्रकारिताको खिलापमा रहेको उल्लेख गरिएको छ ।
महासंघका झापा शाखाका सचिव डिकेश लामाले जारी गरेको विज्ञप्तीमा आम नागरिकलाई सुसुचित गर्ने जिम्मेवारी लिएका पत्रकारलाई समाचार संकलनमै रोक लगाउनु दुखद भन्दै स्वतन्त्र प्रेसको मर्यादालाई ख्याल गर्न प्रहरीलाई सचेत गराइएको छ ।
यसैगरी प्रेस चौतारी माइपश्चिमका अध्यक्ष भूमीराज पराजुलीले जारी गरेको विज्ञप्तीमा समाचार संकलनमा नै रोक लगाउने प्रशासनको हर्कत खेदजनक भएको उल्लेख गर्नुभएको छ ।

यसैगरी पत्रकार मञ्चका अध्यक्ष कमन देवानले जारी गरेको विज्ञप्तीमा दमक नगरपालिकाका मेयर राम थापाको निर्देशनमा प्रहरीले पिडित र अस्पताल व्यवस्थापन बीचको वार्तास्थलको समाचार संकलनमा रोक लगाएकोप्रति आपत्ती जनाउनुभएको छ । नेपालको संविधानको २०७२ को प्रस्तावनामा नै उल्लेख भएको प्रेस स्वतन्त्रतालाई सम्मान गर्न सम्बन्धित पक्षलाई स्मरण गराउनु भएको छ ।

पत्रकारहरु प्रेस चौतारी केन्द्रीय लेखा समिती सदस्यविष्णु पोखरेल, सुदिप अधिकारी, र चिरन्जीवी घिमिरेलाई प्रहरीले समाचार संकलनमा रोक लगाउदै वार्तास्थलमा प्रवेश गर्न रोक लगाएको थियो ।
यसैगरी प्रेस चौतारी झापाका अध्यक्ष मन कुमार गदाल,प्रेस युनियन केन्द्रीय पार्षद विष्णु सुब्बा,पत्रकार मञ्च दमकका अध्यक्ष कमन देवान,समाजवादी प्रेस संगठनका झापा अध्यक्ष अनिददेव राई र प्रेस मञ्च झापाका अध्यक्ष देशराज नेम्वाङले संयुक्त विज्ञप्ती जारी गरेर घटनाको निन्दा गरेका छन् ।






प्रतिक्रिया