अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 सेनाद्वारा ४५०० जनशक्तिका लागि आवेदन आव्हान

 सेनाद्वारा ४५०० जनशक्तिका लागि आवेदन आव्हान


काठमाडौँ-नेपाली सेनाले चार हजार ५०० जनशक्तिका लागि आवेदन आव्हान गरेको छ । 

आज एक सूचना निकाल्दै सेनाले विभिन्न रिक्त पदका लागि जेठ ७ गतेभित्र आवेदन दिन सकिने उल्लेख गरेको छ । दोब्बर दस्तुर तिरेर भने १४ जेठसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ । 

सेनाले खुलातर्फ दुई हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेसी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० जनाको लागि आवेदन मागेको हो ।