काठमाडौँ-एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानसँगको खेलमा टस हारेर पहिला ब्याटिङ गर्दैछ । त्रिविको कीर्तिपुर मैदानमा ओमानका कप्तान जिशान मकसुदले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
आजको खेलमा नेपालले एक परिवर्तन गरेको छ । गुल्शन झालाई बेञ्चमा राखेर करण केसीलाई मैदान उतारिएको छ । नेपालको यो ५० औं एक दिवसीय अन्तर्राष्ट्रिय खेल हो । मंगलवार भएको पहिलो खेलमा नेपालले मलेसियालाई हराएको थियो । त्यस्तै बुधवार कतारसँग भएको खेलमा ओमान विजयी भएको थियो ।
प्रतिक्रिया