काठमाडौँ-किलिएन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा एन्गर्सलाई २–१ ले पराजित गरेको छ ।
शुक्रबार रातिको यो जितपछि लिग लिडर पीएसजीले उपाधि होडलाई बलियो बनाउँदै लगेको छ । एन्गर्सको मैदानमा एमबाप्पेले खेलको नवौं र २६औं मिनेटमा गोल गरेका थिए । सबैखाले प्रतियोगितामा गरी एमबाप्पेले यस सिजन ३४ गोल गरिसकेका छन् ।
एन्गर्सका लागि सादा थिउबले ८७औं मिनेटमा सान्त्वना गोल फर्काए ।
जितपछि पीएसजीले ३२ खेलबाट ७५ अंक जोडेको छ र दोस्रो स्थानको मार्सेमाथि ११ अंक अग्रता बनाएको छ । मरासले एक खेल कम खेलेको छ ।
३२ खेलबाट १४ अंक मात्र रहेको एन्गर्स अंकतालिकामा पुछारमा छ ।-एजेन्सी
प्रतिक्रिया