अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नरभक्षी बाघ नियन्त्रणमा

नरभक्षी बाघ नियन्त्रणमा


कैलाली-कञ्चनपुरमा नरभक्षी बाघ नियन्त्रणमा लिइएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोलीले जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित पछुइको खप्टीनालाबाट आज बाघलाई नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक सन्दीप शाहका अनुसार नियन्त्रणमा लिइएको बाघलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा छोडिने भएको छ । हिजो घाँस काट्न गएकी बेलौरी नगरपालिका–८ पचुइँकी गंगादेवी चन्दलाई सो बाघले आक्रमण गरेको थियो ।