काठमाडौं- नेकपा एमालेले पार्टी स्थापनाको ७५ वर्ष पुगेको अवसरमा आज १४ जना योद्धालाई सम्मान गर्दैछ ।
पार्टी केन्द्रीय कार्यलयले दिएको जानकारी अनुसार दिउसो १ बजे केन्द्रीय कार्यलयमा आयोजना हुने विशेष कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई सम्मान गर्ने कार्यक्रम छ । पार्टीलाई भूमिगत कालमा सेल्टर दिएका,विविध किसिमले योगदान दिएका नेताहरुलाई जिल्ला र प्रदेश कमिटीको सिफारिसमा सम्मान गर्न लगाएिको हो ।
केन्द्रीय कार्यलयले दिएको जानकारी अनुसार सम्मानीत हुनेहरुमा स्याङ्जाका कृष्ण अधिकारी,चितवनका छविलाल आचार्य,कैलालीका जीवन राई,मोरङका टेकबहादुर राई,डोटीका डिल्लीराज भट्,काभ्रेका दिलबहादुर श्रेष्ठ,सुनसरीका दलु छायाँ हुनुहुन्छ । यसैगरी धनुषाका निरशन पासवान,सुर्खेतका बालकृष्ण बिसी र बालाराम शर्मा हुनुहुन्छ । यसैगरी बागलुङका मोहनलाल शर्मा,अर्घाखाँचीका लिलामणी ढंगाना,सिराहाका शिवदयाल विश्वकर्मा र गुल्मीका हरी प्रसाद ज्ञवालीलाई सम्मान गर्ने कार्यक्रम छ ।






प्रतिक्रिया