अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनता र राष्ट्रका पक्षमा काम गर्दा सत्ता र सरकारबाट बाहिर राख्ने षडयन्त्र हुन्छ: शंकर पोखरेल

जनता र राष्ट्रका पक्षमा काम गर्दा सत्ता र सरकारबाट बाहिर राख्ने षडयन्त्र हुन्छ: शंकर पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनता र राष्ट्रका पक्षमा काम गर्दा सत्ता र सरकारबाट बाहिर राख्ने षडयन्त्र हुने गरेको बताउनुभएको छ।

पार्टी कार्यलय च्यासलमा नेकपाको ७५ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो। 

महासचिव पोखरेलले एमाले जनताको रोजाइको पहिलो पार्टी रहेको भए पनि बलियो शत्तिका रुपमा प्रस्तुत हुन नसकोका बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘७७ जिल्लामध्ये ४४ जिल्लामा हाम्रो लोकप्रिय मत छ। तर, बलियो शक्तिका रूपमा प्रस्तुत हुन सकेका छैनौं। त्यही भएर पार्टी सुदृढीकरणका लागि ग्रासरुट अभियान चलाएका छौं। नेपालको राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अग्रणी छ। जनता र राष्ट्रका पक्षमा काम गर्दा सत्ता र सरकारबाट बाहिर राख्ने षडयन्त्र हुन्छ ।’ 

उहाँले प्रधानमन्त्री केपी ओली जनताको बीचमा जान्छु भन्दा प्रधानमन्त्रीको चाहनालाई रोक्ने काम सर्वोच्च अदालतको माध्यमबाट भएको बताउनुभयो ।

‘सर्वोच्च अदालतले परमादेशको माध्यमबाट जनताले चुनेको सरकारलाई अपदस्थ गर्ने काम गर्‍यो। अदालत अदालत जस्तो छैन। सरकार सरकार जस्तो छैन। सरकारले सुशासनको मान्यता स्थापित गर्न सकेको छैन’,महासचिव पोखरेलले भन्नुभयो ।