अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एसका मुकुन्द न्यौपानेसहित दर्जनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश

नेकपा एसका मुकुन्द न्यौपानेसहित दर्जनौं नेता-कार्यकर्ता एमालेमा प्रवेश


काठमाडौं – नेकपा एकीकृत समाजवादी त्याग्नुभएका वरिष्ठ नेता मुकुन्द न्यौपाने नेकपा एमालेमा एमाले प्रवेश गर्नुभएको छ।

नेकपाको ७५औं स्थापना दिवसको अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित बिशेष समारोहबीच नेता न्यौपाने दर्जनौं नेता-कार्यकर्तासहित नेकपा एमालेमा समाहित हुनुभएको हो।

उहाँसहित नेकपा एसका नेता चुडामणि जंगली, मुना वानियाँ, शान्ता आचार्य, महाप्रसाद सुवेदी, नरेश्वर दयाल ज्ञवाली, हरिकुमार श्रेष्ठ, छविलाल पौडेल, तोरणबहादुर केसी, माया अधिकारी, दलबहादुर केसी, भिमकान्त पोखरेल, खेमराज आचार्य, चन्द्रकिशोर गौतम, देवी गिरी, चन्द्रप्रसाद गुरुङ, लालसिंह घताने, हर्कबहादुर गुरुङ, विकास तामाङ, सरोज घलान, वाल्बो तामाङ, सुकमान तामाङ, हर्कमान तामाङ लगायत दर्जनौं नेताहरु एमालेमा प्रवेश गरेका छन्।

नेता न्यौपानेलाई एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेललगायत नेताहरुले स्वागत गर्नुभयो ।