काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस बुढो पार्टी भएको टिप्पणी गर्नुभएको छ।
आज नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले कांग्रेसमा युवा नेता भए पनि विचार बुढो भएको बताउनु भएको हो।
अध्यक्ष ओलीले भन्नुभयो, ‘नेपाली कांग्रेस बुढो पार्टी भयो। उमेरले भनेको होइन। कांग्रेसका भर्खर भखर्रका नेता पनि बुढो र थोत्रो विचार बोकेका छन्। मान्छे नयाँ भएर के गर्ने ? मान्छे उमेरले होइन। विचारको उमेर गलेको ढलेको छ।’
अध्यक्ष ओलीले नेपालमा कहिलेकाहिँ लहर चले पनि एमाले जस्तो पार्टी कुनै पनि नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘नेपालको एक खालको मनोविज्ञान के छ भने नानीमैयाको लहर आयो। काठमाडौं नै सोरसार गरिदिनुभयो। त्यसपछि प्रचण्डजीको लहर आयो। त्यसपछि अस्तिको चुनावमा घाच्चघुच्च लहर देखियो। यस्ता लहर नेपालमा आउने गर्छन्। तर, यस्ता लहर र सेन्टिमेन्टबाट एक छिन आएको पानीबाट खेतको सिँचाइ पुग्दैन। एमाले जस्तो अनवरत बन्ने विचार भएको नदी चाहिन्छ। जसको मुहान दह्रो र शीर लामो छ। जो जस्तै खडेरीमा सुक्दैन।’
अध्यक्ष ओलीले आउँदो चुनावमा एमाले एक्लेलै बहुमत ल्याउने भन्दै रोकेर देखाउन चुनौति दिनुभयो ।






प्रतिक्रिया