काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग कुनै विचार, गन्तब्य, उद्देश्य र दृष्टिकोण नभएको टिप्पणी गर्नुभयो ।
शनिबार नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बाेल्दै यस्तो बताउनु भएको हो।
अध्यक्ष ओलीले भन्नुभयो, ‘माओवादी केन्द्रको महान जनयुद्ध भए पनि फागुन १ गते श्राद्ध गरिसकेको टिप्पणी समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘माओवादी केन्द्रका केही विचार छँदै छैन। महान जनयुद्ध थियो। फागुन १ गते श्राद्ध राम्ररी गर्नुपर्छ है भनेछन्। एक पटक दर्शन आयो–धक्का, क्रमभंग, छलाङ। कहाँ पुगिन्छ भन्दा महाविपत्तिमा पुगिन्छ र समाप्त हुन्छ। महाविपत्तिवाला दर्शन चटक जस्तो आयो। कहिले कहिले आउँछ ।’






प्रतिक्रिया