काठमाडाैं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ग्रासरुटले अभियानले देशभर नयाँ उत्साह र उर्जा थपेकाे बताउनुभएकाे छ।
नेपाल कम्युनिष्ट पार्टीकाे ७५औं स्थापना दिवसकाे अवसरमा आज पार्टी केन्द्रीय कार्यालयमा आयाेजित विशेष कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले मिसन ग्रासरुट अभियानले देशभरका नेता-कार्यकर्तामा नयाँ उत्साह थपेकाे बताउनु भएको हो।
अध्धयक्ष ओलीले भन्नुभयाे, ‘दुई महीना हामीले मिसन ग्रासरुट अभियान सञ्चालन गर्याैं, देशभर एउटा नयाँ उत्साह, नयाँ उर्जा र नयाँ आएकाे छ, हामीले पार्टीकाे यथार्थ स्थितिकाे आँकलन गर्ने, अवस्था थाहा पाउने, नाडी छाम्ने माैका पनि पायाैं, सदस्यता र संगठनकाे स्थिति के छ ? प्रवृत्ति मनाेवृत्तिकाे अवस्था कस्ताे छ ? घाउ कहाँ छ मलम कहाँ लगाउने ? समस्या के छ ? कस्ताे प्रकृतिकाे छ ? त्यसकाे समाधान कसरी गर्नुपर्ने हाे आदि कुराहरु हामीले चिन्ने जान्ने माैका पायाैं ।’
अध्यक्ष ओलीले पार्टीलाई अझ सुदृढ कसरी पार्ने भनेर याेजना बनाएर काम थालिने बताउनुभयाे । मिसन ग्रासरुटले पार्टीकाे ययार्थ स्थितिकाे चित्रण दिएकाे र कार्यकर्ताहरुमा काम गर्नुपर्ने रहेछ भन्ने भावना पुर्नजार्गित गरेकाे उहाँले बताउनुभयाे ।
अध्यक्ष ओलीले कार्यकर्ताकाे भावनालाई अगाडि बढाएर यस वर्षभर सबै बुद्धि, विवेक र शक्ति प्रयाेग गरेर कम्युनिष्ट आन्दाेलनलाई मजबुत, सुदृढ र शुद्धिकरण गरिने अबताउनुभयाे ।
कम्युनिष्ट आचरण भनेकाे सत्य अंगाल्ने, न्यायकाे मार्ग अवलम्बन गर्ने, समृद्धिकाे बाटाेमा अथक प्रयाससाथ एकताबद्ध भएर क्रियाशील रहने, छलछाम नगर्ने आचरण रहेकाे भन्दै उहाँले सबै नेता-कार्यकर्तालाई कम्युनिष्ट आचरण अपनाउन निर्देशन दिनुभयाे । एक वर्ष कम्युनिष्ट आचरण अंगाल्ने हाे भने अरु आचरण कहिल्यै नआउने समेत अध्यक्ष ओलीले बताउनुभयाे ।
आग्रहपूर्वाग्रह नगर्ने, भेदभाव नगर्ने, सत्यकाे मार्गमा चल्ने काम कम्तिमा एक वर्ष गर्ने हाे भने कम्युनिष्ट आचरण अझ फैलँदै जाने बताउनुभयाे ।






प्रतिक्रिया