अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचथरमा भ्यान दुर्घटनामा एकको मृत्यु, ५ जना घाइते

पाँचथरमा भ्यान दुर्घटनामा एकको मृत्यु, ५ जना घाइते


फिदिम – पाँचथरमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ  भने अन्य पाँच जना घाइते भएका छन् । आइतबार बिहान ८ बजे फालेलुङ–८ लुवाफुबाट फिदिम आउँदै गरेको मे १ ज २९५८ नम्बरको पिकअप फिदिम–११ चम्पेटारमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेका फालेलुङ ८ का साजन केरुङको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनामा चालक छवि अधिकारीसहित पाँच जना घाइते भएका छन् । पाँचथरका प्रहरी प्रमुख हरि खतिवडाले घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जानकारी दिनुभयो । घाइते तीन जनालाई झापातर्फ रेफर उहाँले बताउनुभयो । बाँकी दुई जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको छ ।

चालक छवि अधिकारी फालेलुङ गाउँपालिकाका– ८का वडा सदस्य पनि हुनुहुन्छ । प्रहरी प्रमुख खतिवडाले दुर्घटनाको कारण खुल्न नसकेको बताउनुभएको छ  ।