विराटनगर-कोशी प्रदेश नामकरणको विरोधमा आजदेखि गर्ने भनिएको आन्दोलनको कार्यक्रम स्थगित भएको छ ।
रणनीति नपुगेको भन्दै आन्दोलनको कार्यक्रम केही दिनलाई स्थगित गरेको जनाइएको छ । आजबाट मुख्यमन्त्री कार्यालय र प्रदेशसभा घेराउ गर्ने कार्यक्रम तय भएको थियो । पहिचानको आधारमा प्रदेशको पुनः नामकरण हुनुपर्ने माग राख्दै यसअघि भएका प्रदर्शन उत्तेजक र हिंसात्मक बनेको भन्दै विरोध भएको थियो ।
वैशाख ११ देखि २१ गतेसम्म संयुक्त संघर्ष समिति गठन हुन बाँकी वडा समिति गठन गरिसक्ने, पूर्वघोषित कार्यक्रमहरू प्रदेशको मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख ८२ जना प्रदेशसभा सदस्यहरूलाई कालो झण्डा देखाउने कार्यक्रम भने यथावत् रहेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।







प्रतिक्रिया