काठमाडौँ । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । सन्दीपविरुद्ध जिल्ला अदालत काठमाडौँमा दर्ता मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी आज तोकिएको हो ।
यसअघि गत बुधबार किशोरीको मेडिकल गर्ने डाक्टर र एक क्रिकेटरको बकपत्र गराइएको छ । योसँगै मुद्दा फैसलाका लागि आज अन्तिम सुनुवाइ गरिने भएको हो ।
यसअघि चैत २६ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश शंकरराज बरालको इजलासले किशोरीको मेडिकल गर्ने डा. र क्रिकेटर साहब आलमको बकपत्र गराउन आदेश दिएको थियो ।
एक किशोरीले सन्दीपविरुद्ध बलात्कार अभियोगमा गत भदौ २१ गते गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् । असोज २० गते स्वदेश फर्किएपछि सन्दीपलाई थुनामा राखेर प्रहरीले मुद्दाको अनुसन्धान गरेको थियो ।
प्रतिक्रिया