अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन-२ मा कसले कति मत पाए ?

चितवन-२ मा कसले कति मत पाए ?


चितवन – इच्छाकामना गाउँपालिकाको ६ वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता कायमै राख्नुभएको छ।

लामिछानेले तीन हजार ६०२ पाउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद न्यौपानेले २ हजार ८२ मत ल्याउनु भएको छ । कांग्रेसका जितनारायण श्रेष्ठले १ हजार ५९३ मत प्राप्त गर्नुभएको छ। 

७ वटा वडा रहेको पालिकाको अब ७ नम्बर वडाको गणना भइराखेको छ । यस निर्वाचन क्षेत्रको इच्छाकामना गाउँपालिका पहाडी क्षेत्रमा पर्दछ ।

आज दिउँसो २ बजेबाट गणना सुरु भएको मतगणना इच्छाकामना गाउँपालिका सकिएपछि कालिका नगरपालिका क्षेत्रको गणना कार्य सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।