अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेद्वारा लुम्बिनीमा सरकार बनाउन प्रदेश प्रमुख समक्ष दावी पेश

एमालेद्वारा लुम्बिनीमा सरकार बनाउन प्रदेश प्रमुख समक्ष दावी पेश


दाङ  नेकपा एमालेले लुम्बिनी प्रदेशमा ठूलो दलको हैसियतमा सरकार गठनका लागि दावी पेश गरेको छ । एमाले संसदीय दलका नेता तथा कामचलाउ हुनुभएका मुख्यमन्त्री लिला गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दावी पेश गर्नु भएको हो ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनको दावी पेश गरिएको हो । संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकारले बहुमत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढल्न पुगेको छ । त्यसपछि एमालेले ठूलो दलको हैसियतमा सरकार गठनको दावी पेश गरेको हो ।

लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ । जसमा नेकपा एमालेका २९ सांसद छन् । नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १/१, स्वतन्त्र १ छन् ।