चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गर्नुभएको छ।
जित सुनिश्चित भइसकेपछि मतगणास्थलमा पुगेका लामिछानेले पत्रकारसँगको कुराकानी गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘हामी सरकारमा जाने अवस्था छैन, सरकारलाई दिएको समर्थन फिर्ता लिने बारे सोचिरहेका छौं, पार्टीबाट निर्णय गर्छौं। सरकारले ठूला भ्रष्टाचारको फाइल नखोल्ने नीतिगत निर्णय गरेपछि सरकारलाई दिएको समर्थनको औचित्य छैन्।’






प्रतिक्रिया