अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन-२ मा रवि लामिछाने फेरि विजयी

चितवन-२ मा रवि लामिछाने फेरि विजयी


चितवन – चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने विजयी हुनु भएको छ।

मंगलबार सार्वजनिक अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार २७६ मत प्राप्त गरेर विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी कांग्रेसका जीत नारायण श्रेष्ठले ११ हजार २५१ मत पाउनु भयो । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ। त्यस्तै नेकपा एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाउनु भयो ।

मंसिर ४ को चुनावमा रविले ४९ हजार तीन सय मत प्राप्त गर्नुभएको थियो । जहाँ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाउनु भएको थियो भने एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६५४ मत पाउनु भएको थियो ।लामिछानेले ३४ हजार ३१२ मतको भारी मतान्तरले जित्नुभएको थियो ।

तर नागरिकता मुद्दामा दोषी ठहर भएपछि रविको सांसद पद गत माघ १३ गते गुमेको थियो। त्यहीकारण चितवन २ मा यही वैशाख १० गते उपनिर्वाचन गरिएको हो।