चितवन-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिनु भएको छ।
चितवन २ मा भारी मतान्तरले विजयी भएपछि उहाँलाई निर्वाचन कार्यालले प्रमाणपत्र प्रदान गरेको हो । अन्तिम परिणामअनुसार लामिछानेले ५४ हजार १७६ मत पाउनु भएको थियो ।
उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत प्राप्त गर्नुभयो । दुईजनाबीचको मतान्तर ४२ हजार ९६२ रहेको छ। त्यस्तै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने १० हजार ९३६ मत ल्याउनु भएको थियो ।






प्रतिक्रिया