अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डको संसदमा दर्शन पाउन पनि दुर्लभ भइसक्योः रघुजी पन्त

प्रधानमन्त्री प्रचण्डको संसदमा दर्शन पाउन पनि दुर्लभ भइसक्योः रघुजी पन्त


काठमाडौं – नेकपा एमालेका सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दर्शन पाउन पनि दुर्लभ भएको टिप्पणी गर्नुभएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर पन्तले प्रधानमन्त्री प्रचण्डको संसदमा अनुहार हेर्न पनि दुर्लभ भएको बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको त अनुहार हेर्न पनि, दर्शन पाउन पनि दुर्लभ भइसक्यो ।’

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे संसदलाई अझै जानकारी नगराएको भन्दै पन्तले आलोचना गर्नुभयो । सांसदहरूले पटकपटक आग्रह गर्दा पनि प्रधानमन्त्रीले संसदमा त्यसबारे एक शब्द पनि नबोलेको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको हो।

‘सभामुख महोदय, यो भारत भ्रमणको एजेण्डाहरू के-के हुन् ? भन्ने कुराहरू संसद चलिरहेको यो बेला पनि हामीले अखबारहरूमा पढ्नुपरेको छ,’ पन्तले भन्नुभयो, ‘बाहिर माध्यामहरूमा सुन्नुपरेको छ । संसदभित्र हामीले पटक-पटक आग्रह गर्दा पनि प्रधानमन्त्रीले आएर आफ्नो भारत भ्रमणबारे एक शब्द भन्नुभएको छैन ।’