बारा – बारा क्षेत्र नम्बर २ मा ३५ हजार ३१२ मत गणना हुँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव १५ हजार १८३ मत प्राप्त गरी अग्रता कायम राख्नु भएको छ।
उम्मेदवार यादवले १५ हजार १८३ मत ल्याइ अग्रता लिइरहनुभएको छ। उहाँलाई जनमतका उम्मेदवार शिवचन्द्र कुशवाहाले १० हजार ३७० मतका साथ पछ्याइ रहनुभएको छ। त्यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले पाँच हजार २७ मत ल्याउनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रमेशप्रसाद खरेल दुई हजार ९५ मतका साथ चौंथो स्थानमा हुनुहुन्छ।






प्रतिक्रिया